आजदेखि पहिलोपटक आर्थिक गणना हुँदै ! को को पर्छन् त गणनाभित्र ?

आजदेखि पहिलोपटक आर्थिक गणना हुँदै ! को को पर्छन् त गणनाभित्र ?

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,२६ चैत ।

नेपालमा पहिलोपटक आजदेखि आर्थिक गणना हुने भएको छ । आर्थिक कारोबार गर्ने व्यक्तिहरुको जनसङख्यालाई आधिकारीक तुल्याउन आर्थिक गणना गर्न लागिएको हो ।
त्यसका लागी प्रश्नावली तयार , प्रश्नावलीको परिक्षण लगायतका काम सकिएको तथ्याङक विभागले जनाएको छ ।
पहिलो चरणमा आजबाट सबै जिल्लामा एकैसाथ पाईलटिङ कार्यक्रमअन्तरगत आर्थिक गणना गर्न लागीएको विभागका निर्देशक अनिल शर्माले जानकारी दिनुभयो ।
यसका लागी विभागले यसअघि नै एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । शर्माका अनुसार बि.स. २०७५ साल बैशाख १८ गतेदेखि आर्थिक गणनालाई तीव्ररुपमा अघि बढाईने छ ।

विभागले आफ्नो मातहतका ३३ वटा कार्यलय रहेको र ६६ वटा जिल्लामा ६ हजार ६ सय जनाको स्याम्पलिङका रुपमा गणना गरिने जनाएको छ । आर्थिक गणनाका लागि १७ वटा आधार बनाईएको छ । जसअन्तरगत यातायात , शिक्षा , स्वास्थ्य सेवाहरु , उद्योग ,व्यापार लगायत रहेका छन् ।

कृषि र वन , घरायसी काम , सरकारी सेवाहरु , दुतावासका कामको भने गणना नहुने निर्देशक शर्माले बताउनु भयो ।
स्थानीय निकायको चुनाव अघि नै गणना सक्ने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी