निर्वाचनका लागी ७४ हजार ५ सय म्यादी प्रहरी छानिए

निर्वाचनका लागी ७४ हजार ५ सय म्यादी प्रहरी छानिए

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं,२५ चैत ।

निर्बाचन सुरक्षाका लागि ७४ हजार ५ सय म्यादी प्रहरी छानिएका छन्।

जस अन्तर्गत पुरुष ६१ हजार २ सय महिला १३ हजार ३ सय छानिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरीको भर्ना खुलेको थियो। जसमा १ लाख ७२ हजारले आवेदन दिएका थिए। म्यादी प्रहरीको अवधि ५५ दिनको हुनेछ ।

नेपाल प्रहरीले चैत १० गते सूचना जारी गर्दै म्यादी प्रहरीमा आवेदन मागेको थियो।

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि प्रदेश नम्बर १ मा १२ हजार पाँच सय ५१ जना मागेकोमा ३७ हजार ६ सय ५६ जनाको आवेदन दिएका थिए।

प्रदेश नम्बर २ मा १६ हजार नौ सय नौ जना माग गरेकोमा ३५ हजार ७१ जना, प्रदेश नम्बर ३ मा १२ हजार आठ सय दुई जना माग गरेकामा २४ हजार एक सय दुईजनाको आवेदन आएके जनाईएको छ ।

यस्तै प्रदेश नम्बर ४ मा६ हजार ६ सय ५७ जना माग गरेकोमा १२ हजार आठजना, प्रदेश नम्बर ५ मा१४ हजार एक सय ५१ जनामाग गरेकोमा३५ हजार सात सय २८ जनाको आवदेन परेको थियो।

त्यसैगरी प्रदेश नम्बर ६ मा पाँच हजार १८ जना माग गरेकामा १५ हजार एक सय १८ जना र प्रदेश नम्बर ७मा१९ हजार दुई सय ५८ जनाले आवेदन दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ