जवर्जस्ती रकम असुलीको आरोपमा योगेन्द्र लामा ‘वाला’ पक्राउ , १२२ जना प्रहरीको सुचीमा 

जवर्जस्ती रकम असुलीको आरोपमा योगेन्द्र लामा ‘वाला’ पक्राउ , १२२ जना प्रहरीको सुचीमा 

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडाैं , २५ चैत ।

महानगरीय प्रहरी अपराध महाशाखाले आज योगेन्द्र लामा ‘वाला’लाई पक्राउ गरेको छ। महाशाखाले व्यवसायीसँग जवर्जस्ती रकम असुलीको आरोपमा आज उनलाई लाजिम्पाटमा पक्राउ गरेको  हो।

महाशाखाका अनुसार वाला उपत्यकामा विभिन्न अपराधमा संलग्न छन् । २०७० मा सीताराम श्रेष्ठ र सुवास राउतलाई खुकुरी हानेको र २०६७ मा बौद्धमा लुटपाट गरेको अभियोग छ।

यस्तै महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले अपराधमा संलग्न उपत्यकाका १ सय २२ जनाको सूचि बनाएर खोजी शुरु गरेको छ।

प्रहरीको ‘ए’ सूचिमा सूचिमा दीपक मनाङ्गे,समिरमान बस्नेत,चक्रे मिलन, राजु गोर्खाली, गणेश लामा, रोज राणा लगायत १२ जनाको नाम छ।

‘बी’मा रमेश सुनुवार संजीव लामासहित ३०, ‘सी’ मा ४७ र ‘डी’ समूहमा ३३ जनाको नाम छ ।

परिसरले कुमार गोले, मीन लामा, नानीबाबु थापा, सागर थापा,कर्मा घले, ज्याक गुरुङ, कोते गुरुङ, पुनम कार्की, सशांक श्रेष्ठ र मुन लामालाई पक्रेर हिरासतमा राखेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ