नेवानि र एएआरबीच दुई वटा नयाँ एयरबस खरिद सम्झौता

नेवानि र एएआरबीच दुई वटा नयाँ एयरबस खरिद सम्झौता

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, चैत्र २५ ।
नेपाल वायुसेवा निगम (नेवानि)ले अमेरिकी लिजिङ कम्पनी एएआरसँग वाईड बडी जहाज किन्ने सम्झौता गरेको छ । काठमाडौंमा आज गरिएको सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्ममा आउने गरी सहमति भएको छ भने दोश्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने गरी सम्झौता भएको छ ।

नेवानिका प्रबन्ध–निर्देशक सुगतरत्न कंसाकारकाअनुसार दुई वटा विमान दुई सय ९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । गत माघ १४ गते निगम र एएआरबीच जहाज खरिदको समझदारी भएको थियो ।

पहिलो चरणमा निगमले खरिदका लागि बैना रकमसमेत पठाएको छ । निगमको इतिहासमै पहिलो पटक वाईड बडी जहाज खरिद गर्न लागेको हो । विगतमा लाउडा जहाज भाडामा ल्याएर सञ्चालन गरेको भए तापनि वाईड बडी जहाज खरिद गर्न लागेको भने यो नै पहिलो पटक हो । निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोश्रो साता नै पठाइसकेको थियो । सम्झौताअनुसार निगमले अमेरिकन कम्पनीलाई तत्कालै कूल रकमको ३५ प्रतिशत अर्थात सात अर्ब रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने छ ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेशनले ‘हाईफ्लाई एयरलाइन्स’को लागि तीन वर्षअघि एयरबस कम्पनीमा अर्डर गरेको थियो । कम्पनीले टेण्डर हाल्दा सबैभन्दा बढी सस्तोमा हालेकोले अव मूल्यमा नेगोसेनस नहुने समेत कंसारकारले स्पष्ट पारे । वायुसेवा निगमले एयरबसको वाईड बडी ‘ए ३३०–२००’ जहाज खरिद गर्न लागेको हो । पहिलो जहाज ०७४ मंसिरमा र दोश्रो जहाज ०७४ को चैत्रभित्रै ल्याइसक्ने योजना निगमकोे रहेको छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लण्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरू तय गर्नका लागि कार्यसमेत सुरु गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ