नेपालले दुईवटा वाइडबडी जहाज खरिद गर्ने , सम्झौतापत्रमा हस्ताक्षर

नेपालले दुईवटा वाइडबडी जहाज खरिद गर्ने , सम्झौतापत्रमा हस्ताक्षर

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ , २५ चैत ।

नेपाल वायुसेवा निगमले आज अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडी जहाज खरिद गर्ने सम्झौता गरेको छ ।

काठमाडौंमा आज सम्पन्न सम्झौता अनुसार पहिलो विमान सन् २०१८ को अप्रिल र दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ ।

उक्त सम्झौतामा निगमका महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका प्रमुख दिपक शर्माले हस्ताक्षर गुर्नभएको छ ।

दुबै विमान २१ अर्ब ९० करोड रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको हो । नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागेको यो पहिलो पटक हो ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०र२००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

वायुसेवा निगमले नयाँ विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेबीया लगायतका राष्ट्रमा उडान भर्ने बताएको छ ।

हस्ताक्षर समारोहमा बोल्दै निगमका महाप्रवन्धक कंसाकारले नेपाललाई महँगो गन्तव्य मानिदै आएकोमा निगमले वाइडवडी विमान सेवामा लगाएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्यबन्ने बताउनु भयो ।

उहाँले नेपाल सरकारले पर्यटन प्रवद्र्धनमा विशेष अभिरुची राख्दै निगमलाई विमान किन्न ग्यारेन्टी बसेकोमा आभार व्यक्त गर्नुभयो ।
एएआरका प्रतिनिधि दिपक शर्माले नेपाल सँग यस प्रकारको सम्झौता गर्न पाएकोमा गौरवको महसु भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी