पूर्वाञ्चलमा क्षेत्रीय सुरक्षा गोष्ठी सुरु

पूर्वाञ्चलमा क्षेत्रीय सुरक्षा गोष्ठी सुरु

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

विराटनगर, चैत २५ ।

स्थानीय तहको निर्वाचन लक्षित गर्दै एक दिने क्षेत्रीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ ।

गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निष्पच्छ एवं भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताउनु भयो ।

मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने उल्लेख गर्दै उहाँले सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै गृह सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीको लाभ पहिलो पटक जनताले लिने भएकाले त्यही अनुसार अगाडी बढ्न सुरक्षा प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागीता छ ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा सुरु भएको गोष्ठीमा गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी, नेपाल प्रहरीका निमित प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी तथा नेपाली सेनाका पूर्वाञ्चलका पृतनापति गोकुल भण्डारीको पनि सहभागीता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ