मनास्लु पदमार्ग अवरुद्ध, सर्वसाधारण मर्कामा

मनास्लु पदमार्ग अवरुद्ध, सर्वसाधारण मर्कामा

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

गोरखा, २५ चैत ।
सोती–लापु बेँसीखण्डमा पर्ने पहरा फुटाउन नेपाली सेनाले मनास्लु पदमार्गमा हिडडुल गर्न रोक लगाएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

बेनीघाट–आरुघाट–लार्के सडक अन्तर्गत सोती–लापु बेँसीखण्डमा विस्फोटनको तयारी गरेपछि पदमार्गमा हिँडडुल गर्न रोक लगाइएको हो । हाल मनास्लु पदमार्गको थुमीको अर्मला र लापु गाउँ जोड्ने बाटो बन्द बन्द छ ।

लापुभीरको बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाका विभिन्न गाउँ जान मान्वु हुँदै आवागमन गर्नुपर्ने भएको छ ।

सेनाले पदमार्गको विकल्पमा अर्को बाटो नदेखाइ सडकको ट्र्याक खन्न भिरको पहरा फुटाउन विस्फोटनको तयारी गरेकाले यात्रु तथा सामान बोक्ने खच्चड आवागमनमा रो लगाएको छ ।

सडक निर्माण कार्यदलका संयोजक नेपाली सेनाका निशान्त क्षेत्रीले एकपाइले भिरको पहरो फुटाउन विस्फोटनको तयारी गर्दै आएको बताउनुभयो ।

उत्तरी भेगमा सडक सुविधा पुगेको छैन । दिनहुँ एक हजार ५०० वटा खच्चडले चुम तथा न्रुवीमा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्दै आएका छन् ।

मनास्लु पदमार्ग भएर उत्तरी भेगका १४ वटा गाउँ पुग्न सकिन्छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अवरुद्ध पदमार्गको विकल्पमा मान्वुको बाटो सञ्चालन गरिएको भन्दै खच्चड हिँड्न सक्ने गरी बाटो र पुल फराकिलो बनाउन प्राविधिक अध्ययन भइरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ