काठमाडौ ,२५ चैत्र ।
सत्तारुढ माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको खुलासा गर्नुभएको छ ।
यद्यपी एमालेको प्रस्ताव अस्विकार गर्दै वैशाख ३१ मा नै निर्वाचन गर्न माओवादी केन्द्र र सरकार प्रतिबद्ध रहेको उहाँले दाबी गर्नुभयो ।
प्रेस सेन्टर नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमालेले निर्वाचनको चर्का चर्का कुरा गरेपनि भित्रि रुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको बिषय भएको बताउनु भयो ।
मधेसी मोर्चासँग सहमतिका लागि अर्को साता संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता हुने भन्दै पुनले तराई मधेसका जिल्लामा जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन सक्ने गरी सहमति हुने सम्भावना रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline