दैनिक एक हजार भन्दा बढी सवारी साधन कारबाहीमा

दैनिक एक हजार भन्दा बढी सवारी साधन कारबाहीमा

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, चैत २५।
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजार भन्दा बढी सवारी साधन कारबाहीमा पर्ने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्क अनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादक पदार्थ सेवन, बिनालाइसेन्स सवारी चलाउने लगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको बताउनुभयो ।

उहाँले लेन अनुशासन, मापसे, लाइसेन्स जाँच, जथाभावी सवारी पार्किङ लगायत कामलाई कडाइका साथ जाँच गरेपछि दुर्घटनामा केही कमी आएको बताउनुभयो ।

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्था अनुसार पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवानाका साथै एक घन्टा ट्राफिक जनचेतना कक्षा लिने गरेको छ ।

लेन काटेको सवारीसाधन भाग्न खोजे विभिन्न क्यामराका माध्यमबाट फोटो खिच्ने र कारबाहीको दायरामा ल्याउने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ