धनकुटामा निर्वाचन केन्द्र थप्ने तयारी

धनकुटामा निर्वाचन केन्द्र थप्ने तयारी

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २५ चैत्र ।
आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको लागि धनकुटामा निर्वाचन केन्द्र थप्ने तयारी गरिएको छ । भौगोलिक कठिनाइका कारण निर्वाचन केन्द्र थप्ने तयारी भएको जनाइएको छ ।

जिल्लाको पाख्रीबास र महालक्ष्मी नगरपालिकामा ३ र छथर जोरपाटी, चौविसे र खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकामा एकएक वटा मतदान केन्द्र थप्न लागिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

भौगोलिक कठिनाइका कारण मतदाताहरु आफ्नो मत प्रयोग गर्नबाट बञ्चित हुनुनपरोस भनेर केन्द्र थप गर्न लागिएको कार्यालयले जनाएको छ । सात केन्द्र थपिएपछि धनकुटामा मतदान केन्द्रको संख्या १ सय १७ पुगेको छ ।

यी केन्द्रबाट धनकुटाका कुल ९५ हजार ८ सय ८७ जना मतदाताले मतदान गर्नेछन् । यो संख्या २०७० सालमा भएको संविधानसभा निर्वाचनको भन्दा १३ हजार २ सय ५५ जनाले बढि हो । २०७० सालमा ८२ हजार ६ सय ३२ मतदाता थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ