२ नम्बर प्रदेशमा मतदात केन्द्रको टुङगो लगाउन एक दिने अल्टिमेटम

२ नम्बर प्रदेशमा मतदात केन्द्रको टुङगो लगाउन एक दिने अल्टिमेटम

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, चैत २५ ।
निर्वाचन आयोगले २ नम्बर प्रदेशमा मतदात केन्द्रको टुंगो लगाउन नसकेको भन्दै सरकारलाई आज सम्मको अल्टिमेटम दिएको छ ।

आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदात केन्द्रको टुंगो लगाउन नसकेको भन्दै आजका दिन भित्रमा केन्द्र तोक्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई अल्टिमेटम दिएको हो ।

आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् ।

मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर, चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले अल्टिमेटम दिएको हो ।

प्रमुख निर्वाचन आययुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार टेलिफोन गरी आजका दिन भित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गरेको आयोग स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ