विश्व स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदै

विश्व स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदै

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं , २५ चैत ।

डिप्रेसनबारे जानौं, खुलेर कुरा गरौं, र डिप्रेसन रोकथामका सेवाहरु वृद्धि गरौं भन्ने नाराका साथ अाज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का  दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम  गरी यो दिवस मनाइँदैछ ।

दिवसले स्वास्थ्य प्रणालीको माध्यमबाट डिप्रेसनको लक्षण तथा यसको समाधान गर्ने उपायका बारेमा विशेष जोड दिएको छ । विश्वभर ३० करोड बढी मानिसहरु डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने ८ लाख ९० हजार ३ सय ६१ जना डिप्रेसनको शिकार बनेको संगठनको तथ्यांक छ ।

समयमै उपचार पाए यो रोग सहजरुपमा निको हुने चिकित्सकको भनाई छ । १५ देखि २९ वर्षसम्मका मान्छेहरुको आत्मत्याको मुख्य कारक डिप्रेसनलाई नै मानिन्छ ।  हरेक उमेर समुहका मान्छेहरुमा डिप्रेसन हुनसक्ने चिकित्सकहरु बताउँछन् । समयमै उचित साथ र सहयोग  अनि उपचार पाए यो रोग सहजरुपमा निको हुन्छ । तनाव एवम् उच्च महत्वाकांक्षी सोच व्यवस्थापन, गरिबी तथा बेरोजगार निवारण गर्न सके डिप्रेसन हुने सम्भावना आधा कम हुने चिकित्सकहरु बताउँछन् ।

विश्वमा डिप्रेसनका शिकार हुनेको संख्या वढेसंगै पुरुषको तुलनामा महिला  दोब्बर बढी प्रभावित हुने चिकित्सकहरु बताउँछन् । दक्षिण–पूर्वी एसियामा करिब ८ करोड ६० लाख मानिस डिप्रेसनको शिकार भएको डब्लु.एच.ओको तथ्याङ्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ