आज विद्युतीय सुरक्षा दिवस,दुर्घटना न्युनीकरण चुनौतीपूर्ण बन्दै

आज विद्युतीय सुरक्षा दिवस,दुर्घटना न्युनीकरण चुनौतीपूर्ण बन्दै

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, चैत २५ ।

आज विद्युतीय सुरक्षा दिवस  ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग ‘ भन्ने  नाराका  साथ मनाउँदैछ ।

दिवसका अवसरमा आज विद्युत प्राधिकरण र सोसाइटी अफ ईलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ । दिवशका अवसरमा  प्राधिकरणले प्रभातपफेरीकाे अायाेजना गरेकाे छ । साे लगतै मध्यान्ह १२ बजेदेिख  केन्द्रिय कार्यलयमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको छ ।  त्यहाँ  बिभिन्न कार्यपत्र प्रस्तुत हुनेछ ।

विद्युत सर्ट भएर आगलागी हुने, करेन्ट लागेर मृत्यु हुने, मर्मतका समय कर्मचारीको ज्यानै जाने जस्ता जोखिम बढेको र विद्युतीय क्षेत्रमा हुने दुर्घटना न्युनीकरण चुनौतीपूर्ण बनिरहेको भन्दै विद्युतीय सुरक्षाका बारेमा कर्मचारी र उपभोक्ता दुवैलाई चेतनाको आवश्यता औल्याइएको छ ।

पछिल्लो समयमा प्राधिकरणले विद्युतीय चुहावट नियन्त्रणलाई अभियानको रुपमा अघि बढाएको छ । काठमाण्डौ उपत्यका सहित चितवन र  पोखरा समेतमा लोडसेडिङ्ग अन्त्य गरिसकेको अवस्थामा अब मुलुकभर नै लोडसेड्ङ्गि अन्त्य गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

अगामी दिनमा विद्युतको सुरक्षा, किफायती उपयोग र चुहावटको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा उपभोक्तालाई जानकारी दिइने उद्देश्य राखेको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ