काठमाण्डौ ,२४ चैत ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष वुढा मगरले विदेशीहरुको इशारामा गर्न लागिएको स्थानिय निकायको निर्वाचन खारेज गर्नुपर्ने वताउनु भएको छ ।
रेडियो मिर्मिरेको १० औ वार्षिकोत्सव समारोहलाई संवोधन गर्दै उहाँले नुवाकोटमा सम्पन्न पार्टीको केन्द्रीय समिति वैठकले स्थानिय निर्वाचन खारेज गर्ने निर्णय गरिसकेको भन्दै जनतामा मुठ्भेड निम्त्याउन गरिने निर्वाचनको औचित्य नरहेको धारणा व्यक्त गर्नु भयो ।
संसदीय व्यवस्थाको निरन्तरताका लागि दशौं हजारले वलिदान नगरेको भन्दै उहाँले क्रान्ति वाहेक अरु कुनै विकल्पले परिवर्तन संभव नभएकोमा जोड दिनु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार असारे काका, पोलिट्व्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरु, अमर झाँक्रि, झकबहादुर मल्ल, मकर गुरुङ लगायतले रेडियो मिर्मिरेले देश र जनताका पक्षमा अझ प्रखर वक्ताका रुपमा काम गर्नुपर्ने भन्दै अप्ठ्यारा घडिहरुमा दुर्वलहरुका आवाजलाई वुलन्द वनाउन आग्रह गर्नु भयो ।
त्यसैगरि क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने,रातो खवर प्रा.लि. का प्रवन्धक भिम चापागाइ, राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष गोपाल सिंह धामी लगायतका वक्ताहरुले रेडियो मिर्मिरेले खेलेको भूमिकाको प्रशंसा गर्दै आफुहरुको साथ, सहयोग र समर्थन रहिरहने वताउनु भयो ।
शुभकामना सन्देशका क्रममा उहाँहरुले मिर्मिरेले स्वतन्त्र सेनानीको भूमिका निर्वाह गरेको भन्दै जनपक्षिय पत्रकारिताका लागि मिर्मिरेले गरेको योगदान अविष्मरणिय रहेको चर्चा गर्नु भयो ।
यस्तै रेडियो मिर्मिरे आफ्नो नियमित प्रशारणको १०औँ बर्षमा प्रवेश गरेको अवसरमा नेपाल कम्युनिष्ट पार्टिले शुभकामना व्यक्त गरेको छ ।
पार्टी प्रवक्ता खडगबहाददुर बिश्वकर्मा प्रकाण्डले जारी गरेको शुभकामना सन्देशमा नेपाली क्रान्ति, राष्ट्रिय मुक्ति, बैज्ञानिक समाजवाद, र जनजिविकाका पक्षमा स्थापना कालदेखि ने रेडियो मिर्मिरेले निरन्तर आवाज बुलन्द गर्दै आएको स्मरण गराइएको छ । रेडियो मिर्मिरेलाई नेपाल कम्युनिष्ट पार्टीले दिएको शुभकामना सन्देशको पूर्ण पाठ यस्तो छ ।
