काठमाण्डौ, चैत्र २४ ।
उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद नमिलेपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको छ ।
उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियताक्रमको विवाद नमिलेपछि आज दिउँसो साढे तीन बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक आगामी आईतबारका लागि सारिएको हो ।
उच्चस्रोतका अनुसार उपप्रधानद्वय निधि र थापामध्ये को दोस्रो वरियतामा रहने भन्ने विवाद कायमै रहेकाले आज बोलाइएको मन्त्रिपरिषदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
उपप्रधानमन्त्री निधिले आफूलाई दोस्रो वरियतामा राखे राजीनामा दिने बताउँदै आउनुभएको छ भने थापाले आफू दोस्रो नम्बरमा नपरे सरकार छोड्ने धम्की प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको खबर छ ।
उपप्रधानमन्त्री निधि र थापाको वरीयातक्रमको विवादका कारण चैत ३ गते यता मन्त्रिपरिषद बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय निधि र थापाबीच रहेको वरियताक्रमको विवाद छताछुल्ल भएको थियो ।