ग्रामीण क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्राथमिकता,सबै तहमा प्रचार समिति गठन गर्ने 

ग्रामीण क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्राथमिकता,सबै तहमा प्रचार समिति गठन गर्ने 

  • बिहिबार, चैत्र २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २४ चैत । नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा ग्रामीण क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्राथमिकता साथ निर्वाचनमा होमिने भएकाे छ ।

घोषणापत्र तयारी समितिका संयोजक एवम् पार्टीका नेता महेश अचार्यले निर्वाचनमा पार्टीले स्थानीय पूर्वाधार, कृषि, पर्यावरण, पानी, माटो, सिँचाइ, सडक निर्माणका विषय तथा ज्येष्ठ नागरिक, असहाय महिला, बालबालिका, जनताका दैनिक जीविकोपार्जनका मुद्दा सम्बोधन गर्ने योजनाका साथ जाने बताउनुभयो ।

स्थानीय ऐतिहासिकस्थलको संरक्षण, प्राकृतिक स्रोत साधनको संरक्षणमा स्थानीय जनताको सहभागिता, स्वामित्व र अनुगमनले मात्र प्रभावकारी हुने हुँदा त्यस्ता विषयलाई प्राथमिकता साथ घोषणा पत्रमा समेटिने उहाँको धारणा थियो ।

पार्टीले यस निर्वाचनमा सबै तहमा उम्मेदवार चयन गर्ने सम्पूर्ण अधिकार संयन्त्रमार्फत पार्टीका स्थानीय निकायलाई नै प्रत्यायोजन गरेको छ । साथै वैशाख ७ गतेभित्र सबै तहका उम्मेदवार चयन गरिसक्न पार्टीले निर्देशन दिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताउनुभयो ।

यस्तै पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीको प्रचारप्रसारका लागि सबै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उता निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि ७४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्न तयारी थालेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचारप्रसार समन्वय उपसमितिले पहिलो चरणमा पार्टीका जिल्ला सभापतिको संयोजनमा जिल्लास्तरीय समिति र त्यसपछि सबै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्ने उपसमिति संयोजक एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

उपसमितिले काँग्रेस केन्द्रीय कार्यालयमा निर्वाचनको तयारीका लागि पार्टीका गतिविधि, सूचना र जानकारी सञ्चारमाध्यमलाई सहज र दु्रतरुपमा उपलब्ध गराउन सुविधा सम्पन्न केन्द्रीय मिडिया सेन्टर स्थापना गर्ने तयारी थालेको छ ।

मिडिया सेन्टरमा दिनहुँ जिल्लास्तरदेखि केन्द्रसम्मका श्रव्यदृश्य र प्रेस विज्ञप्ति अत्याधुनिक प्रविधिबाट द्रुतगतिमा सञ्चारमाध्यमलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ