मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तालिम सुरु

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तालिम सुरु

  • बिहिबार, चैत्र २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

दोलखा, २४ चैत ।

दाेलखाकाे सदरमुकाम चरिकाेटमा अाज दुई दिने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतना तथा महिला सशक्तीकरण नेतृत्व विकास विषयक तालिम सुरु भएको छ ।

युएस आइडी र एसियास फाउन्डेसनको सहयोगमा कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)काे अायाेजनामा भएकाे तालिममा २० जना महिलाहरू सहभागी छन् ।

ती संस्थाले भूकम्पपछि साे क्षाेत्रमा मानव बेचबिखन तथा ओसारपसारका गतिविधि बढेकाे भन्दै नियन्त्रणका लागि गाउँगाउँमा अभियानको रुपमा तालिम सञ्चालन गरिएकाे हाे ।

तालिममा बाेल्दै नागरिक समाज जिल्ला अध्यक्ष दीपशङ्कर चौलागाईंले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आम नागरिकलाई सचेत पार्नु अपरिहार्य भएकाले आफूहरुले यो अभियानमा सारथीको भूमिका निर्वाह गर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले अहम् भूमिका निर्वाह गरी रहेकाले प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँले जाेड दिनुभयोे ।

प्रशिक्षकद्वय रेखा तुलाधर अनिता न्यौपानेले महिला बेचबिखनबाट अहिले मानव बेचबिखनसम्म आइरहँदा स्क्रिन सर्जरीका लागि नेपाली मानवको छाला विदेशमा बेच्न गिरोह सक्रिय भएकाले नियन्त्रणका लागि सरकारले नयाँ योजनाका साथ कार्यक्रम लिएर ग्रामीण भेगका दूरदराजमा पुग्न आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ