मेलम्चीको पानी आउने समय लम्बिने

मेलम्चीको पानी आउने समय लम्बिने

  • बिहिबार, चैत्र २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, चैत २४ गते ।  काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने समय लम्बिने भएको छ ।  २०७४ असोजमा नै ग्राहकका धारामा मेलम्चीको पानी आउने लक्ष्य निर्धारण गरिएको भए पनि सुरुङ निर्माण तथा पाइप लाइन बिछ्याउने काममा भएको ढिलाइका कारण दुई महिना समय लम्बिने आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार मङ्सिरको पहिलो साताबाट मात्रै काठमाडौँ उपत्यकामा ग्राहकका धारामा पानी आउनेछ ।  काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन आवश्यक २७ किलोमिटर सुरुङ तथा मुहानमध्ये अहिलेसम्म २३ किलोमिटर निर्माण भएको छ ।
त्यस्तै उपत्यकाभित्र ठूला पाइप ६१ किलोमिटर बिछ्याउनुपर्नेमा हालसम्म ४३ किलोमिटर मात्र बिछ्याउने काम सकिएको छ ।  त्यसैगरी ६७० किलोमिटर वितरण पाइप बिछ्याउनुपर्नेमा हालसम्म ५६१ किलोमिटर बिछ्याइएको छ ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गत उपत्यकाका चक्रपथभित्रका क्षेत्रमा ८६ हजार धारा जडान गर्नुपर्नेमा हालसम्म ३७ हजार धारा जडान भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ