निर्वाचनमा सबैले भाग लिनुपर्छ : हेन्डरिक्स

निर्वाचनमा सबैले भाग लिनुपर्छ : हेन्डरिक्स

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २३ चैत । सङ्घीय गणतन्त्र जर्मनीका वातावरण, प्रकृति संरक्षण, निर्माण तथा आणविक सुरक्षामन्त्री डा बारबरा हेन्डरिक्सले स्थानीय तहको निर्वाचनमा सबै नेपालीले भाग लिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको लामो समयदेखिको पारस्परिक मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगलाई अझ सुदृढ तुल्याउने उद्देश्यले नेपालको चारदिने भ्रमण पूरा गरी भुटान प्रस्थान गर्नुुअघि रासससहित केही सञ्चारकर्मीसँग आज बिहान कुरा गर्दै उहाँले निर्वाचनको अपरिहार्यता दर्शाउँदै त्यस्तो आवश्यकता औँल्याउनुभएको हो ।

भ्रमणका क्रममा आफूले जर्मनीको सहयोगमा नेपालमा सञ्चालित वातावरण तथा वनसँग सम्बन्धित विकास परियोजनाबारे स्थलगत जानकारी लिनुका साथै वातावरणमन्त्री जयदेव जोशी र वनमन्त्री शङ्कर भण्डारीसँग द्विपक्षीय संयुक्त परामर्श गरेको र ती दुवै वार्ता पारस्परिक सहयोग अभिवृद्धिमा फलदायी रहेका उहाँले बताउनुभयो ।

दिगो वन व्यवस्थापन तथा त्यससँग सम्बन्धित प्राविधिक सीप र ज्ञान हासिल गर्न नेपालीलाई जर्मनीमा तालिमको व्यवस्था गरिएको र मन्त्री भण्डारीलाई जर्मनीले वन व्यवस्थापनमा हासिल गरेको प्रगति एवम् द्विपक्षीय वार्ताका निम्ति भ्रमणको निम्तो दिएको पनि मन्त्री हेन्डरिक्सले बताउनुभयो ।

दुवैजना मन्त्रीसँगको वार्तामा दिगो वन व्यवस्थापनलगायत नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोगको प्रतिबद्धतासमेत आफूले व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरीस्थित गोदावरी वनस्पति ज्ञान उद्यानमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले कार्यान्वयन गरेको जैविक विविधता संरक्षण परियोजनाको व्यवस्थापन एवम् सञ्चालनबारे आफूले स्थलगत जानकारी लिएको र त्यसबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी