सडक बिस्तारको काम बन्द गर्न माग गर्दै रिले अनशन

सडक बिस्तारको काम बन्द गर्न माग गर्दै रिले अनशन

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, चैत २३ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले गैर न्यायिक रुपले गरिएको सडक बिस्तारको काम बन्द गर्नुपर्ने माग गर्दै राजधानीमा रिले अनशन सुरु गरेको छ ।

सडक विस्तारको नाममा सर्वसाधारणका घर, टहरा भत्काइएकाले रोक्न माग गर्दै राजधानीको शान्तिबाटिकामा उनीहरु अनशन बसेका छन् ।

समय नदिई सर्वसाधारणका घर प्रहरी प्रशासन प्रयोग गरेर जबरजस्ती भत्काइएको, सम्पत्तिको हक, आवाससम्बन्धि हकको उल्लंघन गरेको भन्दै अराजकता बन्द नगरेसम्म अनशन जारी रहने समितिले जनाएको छ ।

काठमाडौं उपत्यका विकास प्राधीकरण र सडक विभागले स्वेच्छाचारी रुपमा हुकुमी शैली देखाएर सर्वसाधारण जनताको सम्पत्ति अतिक्रमण गरेको उनीहरुको आरोप छ ।

घरको सामान सार्नसम्म नदिएर डोजर लगाएको भन्दै उनीहरुले भत्काईएका घरहरुमा बसोबास गरेकाहरु डेरा नपाएर अहिले बिचल्लीमा रहेको उनीहरुको गुनासो छ ।

रिले अनशनमा काठमाडौं, भक्तपुर र ललितपुरका सडक पीडित सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ