रुकुम, २३ चैत ।
ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।
रुकुममा आज बिहान आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार र मधेसी मोर्चाबीच समस्या समधानको लागि छलफल भइरहेकाले यसलाई चाडै टुङ्गोमा पु¥याउने बताउनु भयो ।
मधेशको समस्या समाधान भएपछि मात्रै आगामी वैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुने उहाँको दाबी छ ।
मन्त्री शर्माले सिंहदरबारको अधिकार गाउँ÷गाउँसम्म पु¥याउन र विकास निर्माणको ढोका खोल्नका लागि पनि स्थानीय तहको निर्वाचन भएको बताउनु भयो ।
उहाँले अब छिट्टै ‘नेपालको पानी जनताको लगानी’ अभियान मार्फत आठ हजार मेघाबाट विद्युत् उत्पादन कार्यको सुरुवात गरिने जानकारी दिनुभयो ।
सरकारले विद्युत् उत्पादनको लागि सबै प्रक्रिया पूरा गरिसकेकाले अब जतिसक्दो छिटो निर्माणकार्य सुरु हुने उहाँले बताउनुभयो ।