घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं,२३ चैत । 
वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् ।
महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार पक्राउ गरेको हो ।
कतार जान लागेकी एक युवतीलाई उनले आफूसँग शारीरिक सम्बन्ध राखे एयरपोर्टबाट पास गराइदिने आश्वासन दिएका थिए । अवैध रूपमा विदेश जान खोज्ने क्रममा ती युवती करिब दुई महिनाअघि एयरपोर्टबाट फर्काइएकी थिइन् ।
उनले ‘आफूसँग एक रात सुते’ एयरपोर्टमा सेटिङ मिलाइदिने प्रस्ताव राखेका थिए । पीडित युवतीले त्यस्तो प्रस्तावको प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । हवल्दार बस्याल एक महिनादेखि फरार थिए ।

परिसरले उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।

विमानस्थलका प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले घटनाबारे आफू जानकार रहेको बताए । ‘काठमाडौं परिसरले पक्राउ गरेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘छानबिन गरेपछि मात्र वास्तविकता भन्न सक्छौँ ।’

भिजिट भिसामा कतार जान लागेकी युवतीलाई अध्यागमन कार्यालय एयरपोर्टले रोकिदिएको थियो ।

त्यसपछि उनी हवल्दार बस्यालको सम्पर्कमा पुगेकी थिइन् । त्यसक्रममा उनले पैसा माग्दै एक रात आफूसँग बस्नुपर्ने प्रस्ताव रोखेको पीडितले दिएको उजुरीमा उल्लेख छ । –नयाँ पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ