वास्तविकता कि भ्रम ! के रोज्नुहुन्छ ?

वास्तविकता कि भ्रम ! के रोज्नुहुन्छ ?

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

सुसान आचार्य /
नेपाल र नेपाली को भाग्य अनि भबिस्यको फैसला गर्न जिम्मेवारी पुन जनताकै हातमा आउदैछ ।सानो गल्ती ले बिकास बिरोधि तस्कर !दलालहरुको हातमा देशको शासन सत्ता नजावस । बाहिर जतिसुकै चिल्ला रास्ट्रवादको भासण गरेपनी भित्र भित्रै तस्कर गुन्डा ,हत्यारा बलात्कारि लाई संरक्षण दियर राख्ने अनि जनता लाई कहिले पनि न्याय र बिकास को अनुभूति हुन नदिने गम्भीर सडय्त्र रच्न सक्ने रास्ट्रको उज्यालो बेचेर दसकौ देखि जनता लाई अध्यारो मा बस्न बाध्य पार्न विभिन्न तस्कर हरुको सन्जाल पार्टीमा राखेर जनता लाई रास्ट्रबादको भ्रम छर्न नौटङ्की कलाकार हरु देखि अब जनता सजक हुनैपर्छ !! यतिबेला विशेषगरी आदिवासी ,जनजाती मधेसी ,पिछडिएका भेगका जनता ले बुझ्नुपर्छ यदि माओवादी केन्द्र पछाडि पर्यो र यो निर्वाचनमा हार्यो भने दसौ बर्स लडेर उठायका पहिचान संघीयता धर्मनिरुपेछ्यता ,समानता ,समाबेसिता जस्ता मुद्दा इतिहासको कालखन्डमा कसैले पूरा गर्न सक्दैन । यो इतिहासको सुनौलो मौकामा कसैको हललहिमा हैन यथार्थ र परिबर्तनको बास्तबिकता नियाल्दै आफ्नो अमुल्य मत राख्नुपर्छ यो अबसर बाट नै नेपाल र नेपाली को भबिस्य तय हुनेछ ।
विभिन्न बाधाअर्चनका बिचमा पनि छोटो समयमा प्रचण्ड नेतृत्वको सरकार बाट भयका एतिहासिक काम लाई जनता ले कहिले पनि बिर्सनु हुदैन । देशमा शान्ति सुरक्षामा सुधार , लाेडसेडिङकाे अन्त्य , बिकासका याेजनाहरुकाे कार्य प्रगति द्रुतगतिमा हुनु ,अनियन्त्रित मूल्य बृद्धिमा नियन्त्रण हुनु , अन्याेलमा रहेकाे स्थानीय निर्वाचनको घाेषणा , दुबै छिमेकी देशसँग सुमधुर संबन्ध बिस्तार , भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुन निर्माण प्राधिकरणले काममा तिब्रता ल्याउनु,अघिल्लो सरकारले उठाउन नसकेको अरबौ रुपैयाँ राजस्व सङ्कलन गर्नु ,बिकट भेगका जनतालाइ आर्थिक तथा खाद्यान्न सहयोग गर्नु ,शिक्षा ,स्वास्थ ,खानेपानी ,यातायात जस्ता अती आबस्यक भौतिक पुर्बधारमा चमत्कारि सुधार ल्याउनु , जस्ता प्रचण्ड सरकारको सकरात्मक कदमबाट ADB ले यश अार्थिक बर्षमा पूर्ब अनुमान गरेभन्दा राम्रो १% बढि ५.७% देखि ६.२% सम्म अार्थिक वृद्धि हुनु भनेको याे हामि सबै नेपाली का लागि एक एतिहासिक काम नै हो । हो पक्कै अहिले सरकार बाट बाहिर रहेका केहि प्रमुख विपक्षी दलले सरकार बाट भयका सकारात्मक र एतिहासिक काम कारबाहिको नियोजित प्रचार र जनता प्रती अहिलेको सरकार र नेतृत्वलाई अबिस्वास्निय बनाउने हेतुले दिनरात भ्रमिक प्रचारमा लागेको सत्यहो।
तर हामी र हाम्रो समाज हिजो भन्दा पक्कै धेरै सिछित बनी सकेका छ ।सहि गलत असल खराव नेतृत्व र पार्टी लाई चुन्न हामी आफै सक्ने भयका छौ अब । हुनत साच्चै भन्ने हो भने नेपालमा माओवादी सरकार र उस्को नेतृत्वले जतिसुकै राम्रो काम गरेपनी प्रचार राम्रो हुदैन बरु उल्टौ लम्पसारबादि हत्यारा जस्ता बिल्ला भिराएर गाउँ घरका सोझा साझा जनतालाइ भ्रम छरिन्छ ।प्रादेशिक सरकार बनाइ देशलाई संघीयतामा लान खोज्दा भारत लाई नेपाल बेच्यो भनियो ,भारत नै नगैकन विभिन्न सन्धी गर्यो भनेर पनि जनतालाइ भ्रम छरियो तर सत्य कहिले पनि मर्दैन ढिलै भयनी जनताले बास्तबिकता बुझेका छन । अहिले हुन लागेको स्थानीय निर्वाचन सानन्य हैन नत हिजोको पन्चायती ब्यबस्थाको चुनाव जस्तो नै हो ।अहिले हामीले चुनिने प्रतिनिधि र पार्टीभनेका हिजोका गा बि स अध्यक्ष र वडा अध्यक्ष जस्ता हैनन अबको सरकार अधिकार सम्पन्न स्थानीय सरकार हुनेछ भने प्रतिनिधि पनि अधिकार सहितका हुनेछन ।हो आज हजारौं भ्रम लाई चिर्दौ अनि लाखौ ठक्कर खायर भय पनि ठुलो मूल्य चुकायर माओवादी पार्टी र उस्को नेतृत्वको सरकारले सिहदरबार को अधिकार जनताको आगन सम्म पुर्यायको छ ।यो कटु सत्य लुकायर लुक्दैन न त अनेकै भ्रम बाट टालिन्छ अब ।
झन्डै ३० बर्ष भन्दा लामो समय देखि आफ्नो शासन सत्ता समायर बसि रहेका दल हरुले गर्न नसकेको काम नौ महिने सरकारले ब्यबहारिक रूपमा गरेर आयको छ यसलाइ सबै नेपाली जनताले अन्तरआत्मा बाट मुल्यांकन गर्नैपर्छ अब । त्यसोत पुराना भनिने र आफुलाइ रास्ट्रबादिको पहिचान दिन मन पराउने हरुले सरकार बाट भयका काम कारबाही लाई असफल बनाउन धेरै सड्यन्त्र हरु पनि नअपनायका हैनन ।
लोडसेडिङ हटायो भन्दै बत्तीको पोल ढाल्ने देखि ट्रान्सर्फमर बिगार्न ,बन्द हडताल गरायर सरकारको राजीनामा माग्ने इमानदार कर्मचारी लाइ कारबाहिको माग गर्न जस्ता घिन लाग्दा हरकत पनि प्रसस्त देखाय तर पनि सरकार को लगाब र काम प्रतिको झुकाब ले केहि गर्न सकेनन र अन्तमा हार मानेर बसे ।
आफू सरकार मा हुदा जनता लाई बिर्सने ,जताततै अभाव र असन्तुलित राजनीति अस्थब्यस्त बजार बन्द उधोग ,हुकिङ गरेर बिजुली चाेर्ने , मिटर उल्टो घुमाएर बिजुली चाेर्ने ,कमिसन लिएर ठुला पुजिपती, उझाेग, कल कारखानालाई असिमित बिजुली दिने जस्ता गतिविधि देख्दा समेत कारबाही गर्न नसक्ने र सन्तुलन मिलाउन नसक्ने अनि सरकार बाट बाहिरीए पछी कसैले राम्रो गर्दा बिरोध गर्दै बस्ने यो उनीहरुको बानी नै भएको कुरा पनि आम नेपालीले अब महसुस गरि सकेका छन । अब सबै सचेत बन्ने बेला आयको छ हामी परम्परागत राजनीतिलाई धान्ने नाममा फ़ेरि तिनै खराब नियतका अबसरबादी लाइ हैन काम गरेर जनता लाई सरकारको प्रत्याभूति दिलाउन सक्ने नेतृत्व र पार्टी हामीले रोज्नुपर्छ अब । नबुझ्ने लाई बुझाउ अब नसुन्ने लाई सुनाउ खोक्रा रास्ट्रबादको भासण र महत्त्वाकांक्षी बिकासे योजना खुल्ला मन्चको कार्यक्रममा माइक बाट चिच्याउदैमा पुरा हुदैन भन्ने कुरा जनतालाइ भन्नै पर्छ अब।
सिहदरबार भित्र बसेर निदाउदा देखेका ती सपना सडकमा कराउदैना पुरा हुँदैन यहाँ , बिकास गर्न त योजना चाहिन्छ निति चाहिन्छ मेहेनत चाहिन्छ ,काम प्रतिको लगाब र रास्ट्रप्रतिको माया चाहिन्छ ।त्यसैले हामी अब कसैको चिल्ला मिठा भासण र भ्रामिक प्रचार लाई भन्दा यथार्थ र बास्तबिकता लाई रोज्न लाग्नुपर्छ ।असल नेतृत्व र पार्टीले हार्दा सिङ्गो देसले पनि हार्न छ जनता लाई सचेत गराउ अब हिजो कस्तो अबस्थामा थियौ हामी र आज के कति बिकास का कामकारबाही भयका छन खुल्ला आखाले हेरेर सफा मन र मस्तिष्कले सोचेर निर्णय गरौ ताकि हाम्रो एक निर्णयले देश पुन अन्धकार नबनोस पुन तिनै तस्करी र दलाल हरुको हालीमुहाली नचलोस ।
यो लेखकको निजी विचार हो । -सम्पादक 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी