ईटहरी ,२२ चैत ।
सुनसरीको ईटहरीमा आज साँझ एक बालिकाले आत्माहत्या गरेकी छन् । इटहरी नगरपालीका वडा नम्बर ५ स्थित जनताबस्तीकी १२ बर्षिय बालिका सोभा बि क ले आत्माहत्या गरेकी हुन् ।
दिनभरी साथिहरुसँग खेलेकी शोभाले आज राति ८ बजे झन्डिएर आत्माहत्या गरेको पारिवारीक श्रोतले जनाएको छ ।
शोभाका बाबु नारायण भवत बि कका अनुसार उनी दिनभरी खेलेर बसेकी थिईन ,तर ८ बजे घर भित्रै झुण्डिएको अवस्थामा मृत भेटियो ।
यस अघि गत बर्षको फागुन २२ गते उनका १५ बर्षिय दाजुले पनि घर भित्रै आत्माहत्या गरेका थिए ।
छोराको मृत्यु भएको एक बर्ष पछि छोरीले पनि आत्माहत्या गरेपछि बि क परिवारमा रुवाबासि चलेको छ ।
प्रहरीले अहिले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको जनाईएको छ ।
शोभाका बाबु आमा सधै झगडा गर्ने गरेकोले उनी दुखित रहने गरेको गाउलेहरुको भनाई छ । तर उनले किन आत्माहत्या गरिन् भन्ने अहिलेसम्म पनि खुलेको छैन ।
उनको शव पोष्टमार्टमका लागी धरान स्थित वि पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिने तयारी भएको प्रहरीले जनाएको छ ।
