सङ्घीयता बिनाको समाजवादको औचित्य छैन : श्रेष्ठ

सङ्घीयता बिनाको समाजवादको औचित्य छैन : श्रेष्ठ

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २२ चैत ।

सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालको राज्यसत्ता र शासन प्रणालीलाई सबैको साझा बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

फोरमको काठमाडौँ नागार्जुन नगर समितिको प्रथम एकता अधिवेशनमा बोल्दै उहाँले त्यसका लागी समानुपातिक समावेशी राष्ट्रिय चरित्र आवश्यक भएको बताउनुभयो ।

उहाँले देशमा नेपाली काँग्रेस तथा कम्युनिस्ट पार्टीहरूले समाजवादको कुरा गरे पनि सङ्घीय शासनलाई अन्तर मनले स्वीकार नगरेको आरोप लगाउनुभयो ।

मुलुकमा सङ्घीयता बिनाको समाजवादको औचित्य नहुने भन्दै सहअध्यक्ष श्रेष्ठले सङ्घीय समाजवादलाई सिद्धान्तका रूपमा स्वीकार्ने पार्टीहरूसँग सहकार्य गर्दै पार्टी एकीकरण गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नहुँदासम्म नयाँ संविधान कार्यान्वयन हुन नसक्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ