हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

राजविराज, २२ चैत ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको हनुमानगर–३ का ३० वर्षीय रोशनकुमार झाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षवाट एक्कासी एउटा जङ्गली हात्ती हनुमानगर बजार पसेर आक्रमण गरेपछि अन्य छ जना घाईते भएका छन् ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका झालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिनुुभयो ।

हनुमाननगर–२ का सञ्जीव साह, हनुमाननगर–३ का सञ्जाय साफी र कालीचरण साह हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान लगिएको छ ।

केही दिनदेखि सप्तरीको पूर्वीभेगको भारदह, कञ्चपुर, पोर्ताहा, हनुमाननगर, जोगिनिया, बेरवा, बरमझिया, कमलपुर, फत्तेपुरलगायत ठाउँमा दिनहुँ हात्तीले आतङ्क मच्चाउँदै आएको स्थानीयवासीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ