चोभारमा रहेको आदिनाथ मूर्तिको आज खटजात्रा

चोभारमा रहेको आदिनाथ मूर्तिको आज खटजात्रा

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, चैत्र २२ ।
काठमाडौंको दक्षिणभेगस्थित कीर्तिपुरमा रहेको चोभारको आदिनाथको मूर्तिलाई आज खट जात्रा गरिएको छ ।

प्रत्येक वर्ष चैते दशैँको दिन बिहानै स्थानीयहरूले चोभार मन्दिरको डाँडाबाट करिब तीन किलोमिटरको दूरी तल रहेको नख्खु दोभानसम्म मूर्तिलाई खटमा राखेर बाजागाजासहित लगेर नदीमा स्नान गराएपछि पूजा गर्ने परम्पराअनुसार त्यहाँ आज विशेष पूजा गर्ने चलन रहेको छ ।

प्राचीन समयमा मूर्ति सोही दोभानमा फेला परेपछि चोभारका स्थानीयबासीले मन्दिर बनाई डाँडामाथी लगेर आजकै दिन स्थापना गरेको जनविश्वासमा आजै जात्रा गरिने परम्परा बसेको पुजारी सरोज शाक्यले जानकारी दिएका छन् । बुधबार महास्नान गराइएका काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । चैते दशैँको दिनमा मात्र सो खट जात्रा निकाल्ने गरिन्छ । आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रूपमा आस्था प्रकट गर्ने गर्छन् ।

करुणाका प्रतीकका रूपमा समेत मानिने आदिनाथको सो जात्रामा सहभागी भएमा रोगव्याधीबाट मुक्ति हुने र सकारात्मक ऊर्जा प्राप्त भई असल कार्यका लागि प्रेरणा मिल्ने जनविश्वास रही आएको छ । साँझ स्थानीयबासीको घर आँगनमा मूर्तिलाई पुर्‍याएर दर्शन गराइने र मन्दिरमा प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ