चुनावमा उठ्न प्रधानाध्यापकसहित तीन जना शिक्षकले दिए राजीनामा

चुनावमा उठ्न प्रधानाध्यापकसहित तीन जना शिक्षकले दिए राजीनामा

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

झापा, २२ चैत ।

स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्न झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् ।

शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि आगामी वैशाख ३१ गते हुने चुनावमा सहभाग उम्मेदवार दिएर राजनीतिमा लाग्न  जागिरबाट हालै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् ।

उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा ९एमाले०बाट उम्मेदवार बन्न लागेको जनाईएके छ । मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो”, प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिएकी सिटौलाले भन्नुभयो – “अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ ।”
उहाँ काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा जुट्नुभएको छ । जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उहाँको आशा छ ।

त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)बाट उम्मेदवार बन्ने तयारी गर्दैहुनुहुन्छ ।

छब्बिस वर्ष शिक्षण पेसामा बिताउनुभएको ५२ वर्षे रोक्का भन्नुहुन्छ– “पार्टीले वडाध्यक्षको उम्मेदवार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छु ।”

यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिनुभएको छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । उहाँ भन्नुहुन्छ– “पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।”

तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी