आज चैते दशै ,दुर्गा भवानीको पुजा गरि मनाईदै

आज चैते दशै ,दुर्गा भवानीको पुजा गरि मनाईदै

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौ, २२ चैत ।
आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।
असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैंका रुपमा मनाईदै आएके छ ।

आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ ।

यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरु पुजा पाठ गरिरहेका छन् ।

चैते दशैंको अवसर पारेर आज भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन छ ।

असोजको बडादसैंजस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ