तेस्रो स्नातक सम्मेलन जारी

तेस्रो स्नातक सम्मेलन जारी

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २२ चैत । किर्तीपुरमा सुरु भएको वातावरण र दिगो विकास विषयक हिमालयन ज्ञान सत्सङ्ग : तेस्रो स्तातक सम्मेलन आज पनि जारी छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि विभागको संयोजन एवं जनसङ्ख्या तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजित सम्मेलन आजै सकिने जनाईएको छ ।

सम्मेलनमा वातावरण, स्रोतको संरक्षण र व्यवस्थापन, आर्थिक विकास, प्राकृतिक विज्ञान, विपद् व्यवस्थापन र शहरीकरणजस्ता विषयमा प्रस्तुत ५२ वटा कार्यपत्रमाथि छलफल हुनेछ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग, कीर्तिपुर, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट–नेपाल) र रिर्सोसेज हिमालयको सह–आयोजनामा भएको उक्त सत्सङ्गमा करिब ४०० युवा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै काठमाडौँ विश्वविद्यालयका पूर्व उपकूलपति डा सुरेशराज शर्माले विभिन्न विधागत विषयहरूमा युवा अनुसन्धानकर्ताहरूका लागि ज्ञान आदानप्रदान गर्न यस किसिमको सत्सङ्ग उपयोगी हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ