भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सुरु

भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सुरु

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

पोखरा, २२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघि गएको भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेबाट सुरु गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा गोविन्द पोखरेलले सोमबार एक कार्यक्रमका बीच सो ठाउँका लाभग्राही वरे विकलाई चेक र सम्झौतापत्र हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

लुम्लेका ५० जना लाभग्राहीले रु ५० हजारको पहिलो किस्ता प्राप्त गरेका छन् भने बाँकी १११ जना लाभग्राही पनि पहिलो किस्ता पाउने प्रक्रियामा छन् । त्यस्तै पहिलो किस्ता पाउनेमा घान्द्रुकका ६५ र नामार्जुङका २४ जना परेका छन् भने अन्य ठाउँका लाभग्राही प्रक्रियामा भएको बताइएको छ ।

भूकम्पबाट कम प्रभावित कास्कीलगायत खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु, अर्घाखाँची, बागलुङ, भोजपुर, धनकुटा, गुल्मी र तनहुँका १५ हजार ७४३ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार वितरण गर्न स्वीकृत भइसकेको भूकम्पकीय आवास पुनःनिर्माण आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अधिकांश लाभग्राहीले अनुदान सम्झौता गरी अनुदानको पहिलो किस्ता लिइसकेका छन् भने दोस्रो र तेस्रो किस्ता लिने प्रक्रियामा रहेका छन् ।

लाभग्राहीले पहिलो किस्ता लिएपछि भूकम्प प्रतिरोधी घरको जग बनाउने र प्राविधिकको सिफारिसपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार र तेस्रो किस्ताबापतको रु एक लाख पाउने छन् ।

लाभग्राहीलाई पहिलो किस्ता वितरणपछि बोल्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा पोखरेलले ढिलै भए पनि भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीलाई पहिलो किस्ता वितरण गर्न सुरु गरिएको बताउँदै यो सुविधा पाउने झन्डै एक लाख १५ हजार रहेको जानकारी गराउनुभयो ।

उहाँले कमसल खालका घर बनाउँदा भूकम्पबाट ठूलो धनजनको क्षति तथा घरवारविहीन हुनपर्ने स्थिति आएको स्मरण गराउँदै सुविधा पाएका लाभग्राहीले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् सांसद सीता गिरी ओली, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल, आयोजनाका उपनिर्देशक नारायण श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका नासु तोयनाथ तिमिल्सिनालगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी