नेपाली सेनाद्वारा आयोजित ‘शान्ति अभ्यास–३’ विशेष समारोहबीच सम्पन्न

नेपाली सेनाद्वारा आयोजित ‘शान्ति अभ्यास–३’ विशेष समारोहबीच सम्पन्न

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काभ्रेपलाञ्चोक, चैत्र २१ ।
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको प्रशान्त कमाण्डको संयुक्त आयोजनामा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको अभ्यास ‘शान्ति प्रयास–३’ विशेष समारोहबीच सम्पन्न भएको छ ।

आज आयोजित समापन समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणले उक्त अभ्यासले शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र सङ्घबाट तोकिएको जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गर्न शान्ति सैनिकको पेशागत ज्ञान तथा मनोबलमा थप अभिवृद्धि हुने बताएका थिए ।

उनले शान्ति स्थापना कार्यमा खटिने विभिन्न मुलुकका सैनिकबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि भई शान्ति स्थापना कार्यमा अझै निखार आउने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री खाँणले ५९ वर्षदेखि निरन्तर शान्ति स्थापना कार्यमा सहभागी हुँदै हालसम्म एक लाख १५ हजार ७०३ नेपाली शान्ति सैनिक विभिन्न मुलुकका ४१ वटा शान्ति मिसनमा सहभागी भइसकेको र हाल १५ वटा विभिन्न शान्ति मिसनमा चार हजार ४९३ शान्ति सैनिक शान्ति स्थापना कार्यमा कार्यरत रहेको जानकारी गराए ।

समारोहमा ब्याण्ड डिस्प्ले, सांस्कृतिक कार्यक्रम, हेलिकप्टरबाट फ्लाइपासका साथै ब्यानर डिस्प्लेलगायत अनआर्म कम्व्याटको समेत प्रस्तुति गरिएको थियो ।

उक्त अभ्यासमा नेपालसहित जम्मा २८ राष्ट्रका एक हजार १३५ जना सैनिक सहभागी भएका थिए । अभ्यासका क्रममा स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट, क्रिटिकल इनाब्लर एन्ड क्यापासिटी इन्हेन्समेन्ट गरी तीन किसिमको तालिमका साथै विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो ।

अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यका लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व राष्ट्र सङ्घको बहुराष्ट्रिय वातावरणमा एकआपसमा समन्वय र सहकार्य गरी शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि गर्ने रहेको थियो ।

समापन समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव, परराष्ट्र सचिव, पूर्वप्रधानसेनापति, बहालवाला तथा अवकासप्राप्त रथीवृन्द, नेपालस्थित विभिन्न मुलुकका सैनिक सहचारीलगायत उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ