काठमाण्डौ, चैत्र २१ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लागि स्थानीय तहको चुनाव अनिवार्य भएको बताउनु भएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज मधेसी जातिय समन्वय समाजको ज्ञापन पत्र बुझ्दै ओलीले आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्नुको विकल्प नभएको बताउनुभयो ।
निर्वाचन सबैको हितमा भएको भन्दै ओलीले मधेसमा पनि निर्वाचनको बातावरण बनाउन आग्रह गर्नुभयो । समाजले भने मधेशको समस्या सिङ्गो राष्ट्रिय समस्या भएको भन्दै सकरात्मक वातावरण बनाउन आग्रह गरेको छ ।
द्वन्द्वकाल र लामो संक्रमणकालका कारण मुलुक समस्यामा परेको भन्दै राजनीतिक समस्या सामधान गर्न समाजले अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline