उपप्रधानमन्त्री निधिको निर्देशन : घाईतेको तत्काल उद्धार गर्नु

उपप्रधानमन्त्री निधिको निर्देशन : घाईतेको तत्काल उद्धार गर्नु

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २१ चैत ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत घुमाउनेमा भएको दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा आज जारी विज्ञप्तिमा घाईतेहरुको तत्काल उद्धार गर्न निर्देशन दिईएको हो ।

सो घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेको जनाइएको छ ।

आज बिहान घुमाउने पहाडको ढिस्को एक्कासि खस्दा एकजनाको घटनास्थमै मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । साथै एउटा ट्याङ्कर, ट्रक, मिनी ट्रक र कारसमेत पुरिएको थियो ।

घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र बाटोमा जम्मा भएका माटो, ढुङ्गा पन्छाउनका लागि तनहुँबाट जेविसी लोडर पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ