चितवनको घुमाउनेमा सुख्खा पहिरो जादा १ को मृत्यु , २ घाईते

चितवनको घुमाउनेमा सुख्खा पहिरो जादा १ को मृत्यु , २ घाईते

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चितवन , २१ चैत ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत चितवनको कविलासस्थित घुमाउने भन्ने स्थानमा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान एक्कासी सडक माथिबाट पहरो खसेर केही गाडीलाई पुर्दा अन्य दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालीका ३ का रेशराज राना रहेका छन् । काठमाडौंतर्फ जाँदै गरेको बा १० प ४८४४ नम्बरको मोटरसाइकलका चालक रानाको घटना स्थलमा नै मृत्यु भएको हो ।

रेशमसँगै मोटरसाईकलमा सवार उनका छोरा १५ बर्षिय सन्दिप राना भने घाईते भएका छन् । यस्तै ना ४ ख ५४ १९ नम्बरको ट्याङकरका चालक पर्सा विरगन्ज – १८ का ३६ बर्षिय बनु पटेल पनि घाईते छन् ।

घाईतेलाई उपचारको लागि भरतपुर लगिएको चितवन प्रहरी जनाएको छ ।

बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहरो झरेर एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।

ठूला ठूला चट्टानसहितको पहरो खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरको मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ । पहरो झरेपछि सवारी आवागमन ठप्प रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ