एक सिङ्ग गैँडा स्थानान्तरण आजबाट गरिदै

एक सिङ्ग गैँडा स्थानान्तरण आजबाट गरिदै

  • सोमवार, चैत्र २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

चितवन, २१ चैत ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका एक सिङ्गे गैँडा आजबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरणका गरिदैछ ।

चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैंँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनु भयो ।
उहाँका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट आठ किलोमिटर पश्चिममा रहेको सुखिभारमा क्याम्प समेत खडा गरिएको छ ।

गैँडा समाउन प्रयोग गरिने ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी हिजोदेखि सुखिभारमा बसेका छन् । कर्मचारीले गैँडाको वासस्थानको खोजी गरी डार्टका लागि उपयुक्त ठाउँको पहिचान गरिरहेको जनाईएको छ ।
पशु चिकित्सकले लठ्याउनका लागि गैँडालाई डार्ट गरेपछि करिब दुई मिनेटसम्म अनियन्त्रित बन्ने बताउँदै निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले नजिक पानी नभएको र अफ्ठ्यारो ठाउँ नभएको स्थानको खोजी भइरहेको बताउनुभयो ।

गैँडा फेलापरेपछि हात्तीले घेराहाली उपयुक्त ठाउँमा पु¥याइन्छ । गैँंडा लठ्याउन डार्ट गरिन्छ । ‘बन्दुकमा गोलीको रूपमा औषधि राखेर गैँडालाई हानेर औषधिले लठ्याउने कामलाई डार्टगर्ने भनिन्छ।’ सो पश्चात खोरमा राखेर गैँडा लैजाने गरिन्छ । गैँडा स्थानान्तरणका लागि हात्तीका माउते, पछुवा, निकुञ्जका कर्मचारी, नेपाली सेना, दातृ संस्था, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटी लगायतका प्रतिनिधि गरी करिब एक सयजना परिचालन हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

आज बिहान सबेरै क्याम्पको हात्तीसारमा वनदेवीको पूजा गरेर गैँडा नियन्त्रणको काम थालिने सहायक संरक्षण अधिकृत अर्यालले जानकारी दिनुभयो । यहाँको गैँडा शुक्लाफाँटा लैजाने र त्यहाँको बाह्सिङ्गे यहाँ ल्याउने तयारी गरिएको छ । यसअघि सन् २००० मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो ।

चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ