मोर्चाको अवरोधका कारण तराईमा वडा सचिवहरुले काम गर्न सकेनन्

मोर्चाको अवरोधका कारण तराईमा वडा सचिवहरुले काम गर्न सकेनन्

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भक्तपुर, चैत २० ।
स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिव रिक्त रहेको सरोकारवाहरुले बताएका छन् । रफत सञ्चार क्लबमा आइतवार आयोजित पत्रकार भेटघाटका क्रममा ७४४ स्थानीय तहमा छ हजार ६८० वडा कायम रहेकोमा तीन हजार वडा सचिव रिक्त रहेको स्थानीय तह निजामती सचिब संंरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाले बताउनु भयो ।
उहाँले तराईमा मधेशी मोर्चाको अवरोधका कारण उनीहरुले आफ्नो काम गर्न नसकेको बताउनु भयो । स्थानीय तहको कार्यान्वयनसँगै करिब तीन हजार गाबिस सचिबले दोहोर जिम्मेवारी निर्वाह गरि स्थानियलाई सेवा प्रवाह गरिरहेको बताउँनु भयो ।
उहाँले सरकार गम्भिर बन्न नसक्दा सक्षम कार्यसम्पादनमा अप्ठेयारो परेको बताउनु भयो । उहाँले संघियतामा वडा सचिबहरुलाई एक तह प्रमोशनको माग निरन्तर रहेको भन्दै निर्वाचनमा देश होमिएकाले आफूहरुले कुनै अन्दोलन नगर्ने जानकारी दिनु भयो ।
केन्द्रका सल्लाहकार हरिप्रसाद पोखरेलले मधेसमा सचिवहरुले हाल पनि काम गर्न सक्ने अवस्था नरहेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानियलाई सेवा प्रदान गर्न नसकिरहेको बताउनु भयो । उहाँले मधेशका बिभिन्न जिल्लामा सरकारले सोचे अनुसारको सेवा प्रदान गर्न नसकेको गुनासो गर्दै वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नु भयो ।
यस अघि स्थानीय निकाय हुँदा गाबिस सचिब हकहित संरक्षण केन्द्र नेपाल रहेकोमा स्थानीय तहको लागूसँगै स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रमा रुपातन्रण भएको कार्यक्रममा जानकारी गराईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ