चट्याङमा परी तीनको मृत्यु, चार घाइते

चट्याङमा परी तीनको मृत्यु, चार घाइते

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, चैत्र २० ।
गएराति परेको अविरल वर्षासँगै चट्याङका कारण सिन्धुपाल्चोक, मकवानपुर र कास्कीमा गरी तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी छन् । उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै ज्यान गएको हो ।

घटनामा मृतककी २० वर्षीया बुहारी सुकुरानी तामाङ घाइते भएकी छन् । उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ ।

यसैगरी, मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षीय जीतबहादुर स्यान्ताङ लामाको चट्याङमा परी घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङको प्रभावले मृतकका तीन जना परिवार सामान्य घाइते भएको र उनीहरू हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा हिजो साँझ परेको चट्याङ लागेर एक किशोरको ज्यान गएको छ ।

घाँस बोकेर घर फर्कंदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ