धार्मिक एवं पर्यटकीय स्थल हलेसीमा डिप बोरिङको योजना

धार्मिक एवं पर्यटकीय स्थल हलेसीमा डिप बोरिङको योजना

  • शनिबार, चैत्र १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

खोटाङ, चैत्र १९ ।
धार्मिक एवं पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ अर्थात जमिन छेडेर पानी निकाल्ने योजना सुरु गरेको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्ताहरूलाई लक्षित गर्दै दुई स्थानमा बोरिङ गर्ने योजना सुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिएका छन् ।

यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका लागि खानेपानी विभागबाट आएका परामर्शदाताले सर्भेक्षणसमेत गरिसकेका छन् । डिप बोरिङ गरेर हलेसी गुफानजिक तथा च्यास्मिटार र बडहरेबीचमा पर्ने बोझेमा जमिनमुनिको पानी निकाल्ने तयारी गरिएको खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले जानकारी दिए ।

हलेसी क्षेत्रमा जमिनभन्दा करिब एक सय ५० मिटरमुनिसम्म छेडेमा पानी निस्कने सर्भेक्षण टोलीले जनाएको छ । बोरिङबाट प्रतिसेकेण्ड १२ लिटर पानी निकाल्न सकिने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा आसपासका गाउँमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ