नायक राजेश हमाल सहभागी कार्यक्रममा ड्रोन उडाएपछि महर्जन पक्राउ

नायक राजेश हमाल सहभागी कार्यक्रममा ड्रोन उडाएपछि महर्जन पक्राउ

  • शनिबार, चैत्र १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, चैत्र १९ ।
चर्चित महानायक राजेश हमाल सहभागी भएको एक कार्यक्रममा एक व्यक्तिले ड्रोन उडाएको भन्दै इटहरी प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको छ ।

शुक्रबार इटहरीमा महानायक हमाल प्रस्तोता रहेको नेपाल टेलिभिजनको चर्चित हाजिरी जवाफ क्वीज मेनिया कार्यक्रमको पुरस्कार वितरण कार्यक्रमका अवसरमा हमाल सँगैको टोलीमा गएका दुई युवाले कलेज आसपास तथा सार्वजनिक स्थानमा ड्रोन उडाएर भिडियो कैद गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

कानूनअनुसार जथाभावी ड्रोन उडाउन प्रतिबन्ध मानिन्छ । ड्रोन उडाउने कार्यमा संलग्न काठमाडौंका राजबिक्रम महर्जनलाई अनुमति लिएर मात्र ड्रोन उडाउन प्रहरी कार्यालयमा कागज गरेपछि ड्रोन जिम्मा लगाइएको इटहरीका डीएसपी नरेश सुवेदीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ