ट्रक र बस ठोक्किँदा पाँचको मृत्यु, पाँच घाइते

ट्रक र बस ठोक्किँदा पाँचको मृत्यु, पाँच घाइते

  • शनिबार, चैत्र १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कावासोती, चैत्र १९ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जंगलमा आज बिहान ट्रक बससँग ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

ईलाका प्रहरी नवलपुरकाअनुसार पश्चिमबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ४ ख ३९९५ नम्बरको सोही दिशातर्फ गुडिरहेको यूपी ५८ टी ५४७ भारतीय ट्रकले ठक्कर दिँदा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली मगर र ट्रकका चालक भारत विहार घर भएका २५ वर्षीय रियाज खान र अर्का एक जनाको ज्यान गएको हो ।

घाइतेहरूको अहिले मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ । बस बिग्रेर टायर फेर्ने क्रममा आज बिहान करिब पौने ३ बजे ट्रकले बसलाई ठक्कर दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ