भक्तपुर, चैत्र १९ ।
भक्तपुर वडा नं. १ हाल वडा नं. ९ स्थित ब्रम्हायणी देवीको मूर्ति गत वर्ष २०७३ साल बैशाख २८ गतेका दिन राति मूलढोका र अन्य ठाउँको ताला फोडेर चोरेर लगेपछि द्योछेँ घर मूर्तिविहीन भएको थियो ।
भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको बीचमा ३ गते जात्रा गर्नुपर्ने तर मूर्तिविहीन भएपछि ब्रम्हायणी देवी जात्रा सञ्चालन सरोकार समिति र ब्रम्हायणी द्यो गुठीका गुठीयारहरूको संयुक्त बैठक बसी स्व. रामभक्त प्रजापतिकी श्रीमती मोहन बेतीका छोराहरू बिष्णुप्रसाद र मोहनप्रसाद प्रजापतिको परिवारलाई जिम्मा दिइएको थियो ।
जसअनुसार आठ किलोको सुन्दर मूर्ति तयार गरी उक्त मूर्ति आज उनीहरूको घरबाट सिन्दुर जात्रा गरेर द्योछेँ घरमा पुर्याई गुठीयारहरूलाई सुम्पिने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline