१५ वर्षपछि नायिका कार्कीको गीत यूट्युबमार्फत सार्वजनिक (भिडियोसहित)

१५ वर्षपछि नायिका कार्कीको गीत यूट्युबमार्फत सार्वजनिक (भिडियोसहित)

  • शुक्रबार, चैत्र १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, चैत्र १८ ।
एक समयका चर्चित नायिका श्रीषा कार्कीको अपूरो रहेको नेपाली कथानक नेपाली चलचित्र ‘यातना’को गीत यूट्युबमार्फत सार्वजनिक भएको छ । नायिका कार्कीको आत्महत्यासँगै सो चलचित्रको मुख्य दृष्यको छायाँकन अपुरो रहेको थियो ।

करिब डेढ दशकपछि चलचित्रका निर्देशक उज्ज्वल केसीले गीतलाई बेल्जियमबाट यूट्युबमार्फत सार्वजनिक गरेका थिए । नायिका कार्कीले आत्महत्या गरेपछि चलचित्रको छायाँकन अपुरो हुन पुगेको हो ।

योसँगै अर्को दुःखद् कुरा के रहेको छ भने, सोही चलचित्रका अर्की कलाकार इना हमालले पनि आत्महत्या गरेकी थिइन् भने अन्य कलाकार शान्ती मास्के, गायक कुमार कान्छा, सम्पादक वीरेन्द्र कार्की र छायाँकार राजु मानन्धर पनि हाम्रो सामु रहेनन् ।

‘कलाकार मरे पनि उनीहरूको कला जीवन्त हुन्छ, निर्देशक केसीले भने, अपुरो रहेको चलचित्रलाई पनि केही समयपछि पूरा गरेर सार्वजनिक गर्ने तयारी गरेको छु ।’

मुख्य कलाकारको निधन भएपछि लाखौँ रुपैयाँ लगानी डुबेको भन्दै निर्देशक केसीले लगानी डुबे पनि दर्शकसमक्ष पुर्‍याउन पाउँदा अहिले छुट्टै आनन्द लागिरहेको भन्दै खुसी व्यक्त गरेका छन् ।

हाल बेल्जियममा रहेका निर्देशक केसीले दर्जनौँ चलचित्र बनाई सकेका छन् भने उनी आफैँ पनि एक कलाकार हुन् । नेपालमा मात्र नभई युरोपका म्यूजिक भिडियोमा पनि उनले आफ्नो क्षमता देखाई राम्रो छाप छाडिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी