काठमाडौं, चैत्र १८ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँग अाज भेटवार्ता गरेको छ ।
बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन् ।
उनले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए ।
उक्त भेटवार्ता कार्यक्रममा शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमावली पारित गर्नुपर्ने, द्वन्द्वमा निकालिएका शिक्षकको पुनर्बहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline