गोरखा भूकम्पसम्बन्धी तस्वीरसहितको पुस्तक सार्वजनिक

गोरखा भूकम्पसम्बन्धी तस्वीरसहितको पुस्तक सार्वजनिक

  • शुक्रबार, चैत्र १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

ललितपुर, चैत्र १८ ।
नेपालमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लाका भौतिक संरचनाहरू बारे विश्व समुदायलाई जानकारी गराउने हेतुले आज ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी गोरखा भूकम्पसम्बन्धी ‘The Gorkha Earthquake-2015’ अर्थात तस्वीरमा ‘गोरखा भूकम्प–२०७२’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलद्वारा सार्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले यो पुस्तक प्रकाशनले नेपालमा लगानीको ठूलो अवसर रहेको बताउँदै देश विदेशमा रहेका लगानीकर्ताहरूलाई विश्व समुदायमा लोकप्रिय रहेको नेपालको ऐतिहासिक एवं भौतिक संरचना पुनःनिर्माणमा विदेशी तथा दातृ निकायहरूले लगानी गर्न थप टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सार्वजनिक गरिएको सो पुस्तकमा नेपालका विभिन्न जिल्लामा पुर्‍याएको क्षति र सो स्थानको परिचयसहित सम्झना स्वरूप जीवन्तता दिन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

पुस्तकमा भएका फोटोहरूले गएको भूकम्पको जीवन्त उदाहरण दिनुका साथसाथै भोलिका युवा पिढीहरूलाई नेपालको ऐतिहासिकताबारे जानकारी प्राप्त गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने सहभागी वक्ताहरूले धारणा व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ