दायाँ बायाँ १५ मिटर घर, टहरा नहटाए कडा कारबाही गर्ने सरकारको यस्तो चेतावनी

दायाँ बायाँ १५ मिटर घर, टहरा नहटाए कडा कारबाही गर्ने सरकारको यस्तो चेतावनी

  • शुक्रबार, चैत्र १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, चैत्र १८ ।
वर्तमान सरकारले पूर्वपश्चिम राजमार्गमा रहेको सडक क्षेत्र विस्तार गर्ने क्रममा सो स्थानमा दायाँ बायाँ रहेको घर तथा टहरा हटाएर सहयोग गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय कान्ति लोकपथ सडक आयोजना ललितपुरले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई आग्रह गरेको छ ।

सडक विस्तार गर्ने क्रममा सरकारले २५/२५ मिटर फराकिलो पार्ने अभियानले हेटोँडा कान्ति राजपथको १५/१५ मिटर दायाँ बायाँ पर्ने घर तथा टहरा समयमै हटाउन सूचना जारी गरेसँगै स्थानीयबासी थप तरङ्गित भएसँगै आक्रोशित बन्न थालेका छन् ।

सडक विभाग हेटौँडाले हेटौँडाको बुद्धचोकबाट पूर्वतिरको कान्ति राजपथ, चौघडा हुँदै चुच्चेखोलादेखि ठिङ्गन, नयाँबस्तीसम्ममा पर्ने सडक सीमा रेखाबाट दायाँ बायाँ १५/१५ मिटर फराकिलो पार्ने अभियानको लागि उक्त क्षेत्रमा पर्ने घर तथा टहरा हटाउन निर्देशन दिएको हो ।

कान्ति लोकपथ मार्गको रूपमा रहेको सो सडक फराकिलो पार्ने अभियानको ठेक्का भइसकेकाले तत्काल सो क्षेत्रमा पर्ने घर तथा टहरा हटाउन एक सूचनामार्फत आग्रह गरिएको हो । सडकको सूचनालाई बेवास्ता गरिए कडा कारबाही गरिने सडक विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी गरिएको उक्त सूचनामा भनिएको छ, उक्त संरचनाहरूसँग सम्बन्धित सरोकारवालाहरूबाट संरचना समयमै हटाउन अटेर वा बेवास्ता गरिएको खण्डमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार यस योजनाबाटै हटाइने र उक्त कार्य गर्दा हुनसक्ने सम्पूर्ण असरको जिम्मेवारी सरोकारवालाहरू स्वयंले लिनुपर्ने तथा उक्त कार्य गर्दा लागेको खर्चसमेत सम्बन्धित सरोकारवालाहरूबाटै असुलउपर गर्न सकिने भन्दै चेतावनीसमेत दिइएको छ ।

सरकारद्वारा जारी गरिएको धम्कीपूर्ण सूचना आएपछि स्थानीयबासी थप आन्दोलित भएसँगै विरोधका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको एक स्थानीयबासीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी