काठमाडौ १७ चैत्र ।
सरकारले आजदेखि दोस्रो चरण अन्तरगत बिभिन्न ५ जिल्लामा हात्तीपाइलेबिरुद्धको औषधि खुवाउँदैछ ।
आजदेखि तीन दिन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा गत ५ गतेदेखि तीन दिन २५ जिल्लामा औषधि खुवाएको सरकारले आज थप ५ जिल्लामा अभियान सञ्चालन गर्न लागेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांको तथयांक अनुसार झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तु जिल्लामा हात्तीपाईले रोगको संक्रमित संख्या बढी छ ।
हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline