राजधानी उपत्यका सहित मुलुकका केहि स्थानमा आज विहानै देखि वर्षा

राजधानी उपत्यका सहित मुलुकका केहि स्थानमा आज विहानै देखि वर्षा

  • बुधबार, चैत्र १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, चैत १६।
काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा आज बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै स्थानमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनु भयो ।

बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहमा बगिरहेकाले त्यसको प्रभावले पानी परेको हो । यस्तै पश्चिमी वायू र पूर्वी क्षेत्रको हावाका कारण पनि मौमम बदली भई पानी परेको मौसमविद अर्यालले बताउनुभयो ।

मध्य भेगमा भन्दा पूर्वी भेगमा आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाडौं सहित मध्य भेगका केही ठाउँमो केहीबेर मौसम खुल्ने अनुमान गरिएको छ ।

तर दक्षिणी वायूको प्रभाव धेरै रहेकाले अझै केही दिन मौसम यस्तै हुने मौसमविद अर्यालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ