काठमाडौ १६ चैत्र ।
सरकारले इजाजत प्राप्त नीजि हातहतियारहरु नजिकैको प्रशासनमा बुझाइ सक्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी बैशाख ३१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउन इजाजत प्राप्त हातहतियार नजिकको प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम असुरक्षित महसुस गर्ने हरेक नेपाली नागरिकले प्रशासनको स्वीकृती लिएर हतियार राख्न पाउनेछन् ।
पछिल्लो समय स्थानीय प्रशासनले त्यस्ता हात हतियारहरु निर्वाचन सम्पन्न नभए सम्मका लागि स्थानीय प्रशासनमा बुझाउन आग्रह गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline