आजबाट नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने

आजबाट नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

चितवन, चैत १५ ।
आजबाट नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडकको स्तरोन्नतिको काम छिटो गर्नका लागि भन्दै दैनिक ६ घण्टा सडक बन्द गर्न थालिएको हो ।

यसअघि दैनिक ४ घण्टा सवारी रोकेर काम गरिँदै आएको थियो । यसरी दैनिक ६ घण्टा यातायात रोकेर काम गर्न थालेपछि दैनिक ४ घण्टा काम हुने छ ।

स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै सडकको भित्ता काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न दैनिक ६ घण्टा सवारी आवत जावत रोकेर काम गर्न थालिएको आयोजनाले जनाएको छ ।

पहिलो सम्झौता अनुसार आगामी वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकोमा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ ।

भूकम्प, नाकाबन्दी लगायतका कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ